समाज


ललितपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

ललितपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १८:५३, काठमाडौँ

ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएको छ। 

स्कुटर चालक सितापाइला बस्ने मोरङ विराटनगर घर भएकी ३८ वर्षीया पार्वता लुइँटेलको मृत्यु भएको हो। 

ना.६ ख ४९१७ नम्बरको ट्रकले बाग्मती प्रदेश ०२-०३२ प ४१७५ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad