बागमती


दुई मोटरसाइकल ठोक्किएर ट्रकमुनि पुग्दा एक जनाको मृत्यु, अर्का घाइते

दुई मोटरसाइकल ठोक्किएर ट्रकमुनि पुग्दा एक जनाको मृत्यु, अर्का घाइते

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार २१:४७, हेटौँडा

धादिङको थाक्रे गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

सोमबार साँझ करिब ६ः३० बजे काठमाडौँबाट धादिङको महाधिवेशीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका हुन्।

दुर्घटनापछि बा ७० प १६५१ नम्बरको मोटरसाइकल ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको दायाँ टायरमुनी पुग्दा मोटरसाइकल चालक धादिङको थाक्रे गाउँपालिका–६ निवासी ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलका चालक गजुरी गाउँपालिका–१ का ३० वर्षीय राजन श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौँ पठाइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा ट्राफिकसहित २० जनाको टोली खटिएका छन् भने ट्रक चालक धादिङ बेनिघाट रोराङ–५ का ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि करिब २ सय भन्दा बढी स्थानीयहरू सडकमा उत्रिएर पृथ्वीराज मार्ग अवरुद्ध गरेका थिए। घटनाको मुचुल्का कार्य सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गजुरी पठाइएपछि अवरुद्ध राजमार्ग  सुचारु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad