काठमाडौँमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ।
प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका-३१ स्थित सडकमा गएराति बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी भक्तपुर चाँगुनारायण नगरपालिका-३ घर भएकी २९ वर्षीया ईसा गिरीको उपचारका क्रममा मृत्यु भएको हो।
उनको मृत्यु सिभिल अस्पतालमा बिहीबार राति नै भएको प्रहरीले जनाएको छ।
669
Shares

प्रतिक्रिया