समाज


सवारी दुर्घटनामा २ जनाको मृत्यु, चालक पक्राउ

सवारी दुर्घटनामा २ जनाको मृत्यु, चालक पक्राउ

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १४:४, काठमाडौँ

सर्लाही र महोत्तरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

महोत्तरीको पिपरा गाउँपालिका-६ रतौलीमा प्रदेश २-०२-००४ प ०१४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय  अरूण मोची रहेका छन्। 

बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ।

त्यसैगरि सर्लाहीको बरहथवा नगरपालिका-८ टाडीमा ग.१ ख ९५६८ नम्बरको बसबाट लडेर सर्लाहीकै धनकौल गाउँपालिका-३ हरकठ्वा बस्ने निसार शेखका छोरा १३ वर्षीय फैजान शेखको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad