नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक सुरु भएको छ।
मंगलबार प्रदेश सभामा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक सुरु भएको हो। केन्द्रीय पर्यवेक्षक राजन केसीको उपस्थितिमा बसेको बैठकबाट कांग्रेसमा देखिएको द्वन्द्वको समाधान खोजिने बताइएको छ।
बैठकको पहिलो प्राथमिकता सहमति रहेको र यदी सहमति नजुटे अविश्वासको प्रस्तावमाथिको मत विभाजन प्रक्रियामा जाने पर्यवेक्षक केसीले बताए। उनका अनुसार मत विभाजन हुँदा अविश्वासको प्रस्तावमाथि बहुमत प्राप्त भए दोस्रो चरणमा संसदीय दलको नेताको लागि गोप्य मतदात हुनेछ।
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट छ। सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
लामा नेतृत्वको सरकारमा रहेका ५ मन्त्रीले मन्त्री पदबाट राजीनामा दिएर बानियाँलाई समर्थन गर्ने बताएका छन्। यो सँगै पछिल्लो अंकगणित अनुसार बानियाँको पक्षमा २० सांसद छन् भने लामाको समूहमा १७ सांसद छन्।
अविश्वासको प्रस्तावमाथि बहुमत पुग्न १९ सांसदको हस्ताक्षर आवश्यक पर्छ।
Shares

प्रतिक्रिया