बागमती


घाँस काट्न गएका पदमबहादुरको बाघको आक्रमणबाट मृत्यु

घाँस काट्न गएका पदमबहादुरको बाघको आक्रमणबाट मृत्यु

नेपालखबर
असार २७, २०८२ शुक्रबार १६:३७, हेटौँडा

चितवनमा घाँस काट्न गएका व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा बेपत्ता भएका ६८ वर्षका पदमबहादुर राना मगरको बाघको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार (आज) बिहान ७ बजतिरको समयमा घाँस काट्न गएका सोही स्थानका पदमबहादुरलाई बाघले आक्रमण गरेको हो।

पदमबहादुर सहित अन्य तीनजनासँगै घाँस काटुन गएकोमा उनी भने सम्पर्कविहीन भएका थिए। घाँसको भारी पुर्याएर घर फर्कने क्रममा सँगै गएका साथीहरूले पदमबहादुरलाई बोलाउँदा र खोज्दा पनि नभेटेपटि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए। 

बिहान ११ बजेदेखि खोजीकार्य सुरु गरिएकोमा दिउँसो २ः४० बजेतिरको समयमा जंगल भित्र बाघले खाएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्र खनालले बताए।

कम्मरमाथिको केही भाग बाघले खाएको अवस्थामा पदमबहादुरको फेला शव फेला परेको बताइएको छ। डीएसपी खनालका अनुसार परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad