समाज


७३ जिल्लामा पुग्यो डेंगी, काठमाडौँमा धेरै संक्रमित

७३ जिल्लामा पुग्यो डेंगी, काठमाडौँमा धेरै संक्रमित

नेपालखबर
असार २०, २०८२ शुक्रबार १६:२, काठमाडौँ

गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगीका बिरामी पुष्टि भएका छन्।

सरकारकाअनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ जनामा डेंगी संक्रमण भएको हो। 

शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हिमाली ४ जिल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा) मा भने यस वर्ष हालसम्म डेंगी संक्रमण नपाइएको बताए। 

सबैभन्दा धेरै वागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौँमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा डेंगुका केस दर्ता भएको जानकारी दिए। 

प्रवक्ता बुढाथोकीकाअनुसार डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसी बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरु देखिन्छन्। डेंगी संक्रमित करिब ८० प्रतिशतमा लक्षण नदेखिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad