बागमती


‘अनुशासित र मर्यादित’ चालकलाई नगदसहित सम्मान

‘अनुशासित र मर्यादित’ चालकलाई नगदसहित सम्मान

नेपालखबर
असार १८, २०८२ बुधबार २०:०, हेटौँडा

बाममती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनुशासित चालक र सहचालकलाई सम्मान गरेको छ। अनुशासित र मर्यादित रुपमा सवारी सञ्चालन गर्ने चालकहरुलाई मन्त्रालयले पहिलो पटक नगदसहित सम्मान गरेको हो।

बुधबार मन्त्रालयले एक कार्यक्रम आयोजना गर्दै १५ जना चालक र सहचालकलाई सम्मान गरेको हो। सम्मानित हुनेहरूमा यादव थपलिया, कान्छा श्रेष्ठ, शरण सिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी तथा सहचालक दिपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बा छन्। यस्तै, तीनजना महिला चालक जानुका गौतम, नवीना खड्का र सरिता गौतमसमेत सम्मानित भएका छन्।

उनीहरूलाई जनही १५ हजार नगद प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

नारायणी यातायात व्यवसायी संघले चालकहरूको छनौट गरेको हो। संघले सिफारिस गरेको नामलाई मन्त्रालयले समीक्षा गरी टुंग्याएको बागमतीका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले जानकारी दिए।

कार्यक्रममा मन्त्री महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, नारायण यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगाएतले चालक, सहचालकलाई नगद सहित सम्मान गरे।

सो अवसरमा मन्त्री महर्जनले मितव्ययी ढंगबाट सवारी चलाउने चालकहरूलाई प्रोत्साहन र हौसला प्रदान गर्न यस्तो कार्यक्रम कार्यक्रम ल्याएको बताए।

चालकहरूको प्रोत्साहनका लागि आगामी आर्थिक वर्षमा बजेटसमेत बिनियोजन गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad