बागमती


डेढ महिनायता काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस बढ्यो

डेढ महिनायता काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस बढ्यो

नेपालखबर
फागुन २८, २०८१ बुधबार ९:४५, काठमाडौँ

बितेको करिब डेढ महिनामा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ८ डिग्री सेल्सियस उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बुधबार दिएको विवरणअनुसार माघ २० (फेब्रुअरी २) मा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। 

त्यसयता वृद्धि हुँदै आज फागुन २८ गते (मार्च १२ तारिख) बिहान  उपत्यकाको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियसमा उक्लिएको उनले जानकारी दिइन्। 

‘फेब्रुअरी २ मा  काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। यही महिना मार्च १ गते १० डिग्री सेल्सियसमा उक्लियो। पानी परेपछि मार्च २ मा फेरि ७ डिग्री सेल्सियसमा झर्‍यो’, मौसमविद् मानन्धरले भनिन्, ‘त्यसयता बढ्दै बढ्दै आज १३.३ डिग्री सेल्सियसमा उक्लिएको छ।’

मौसमविद्का अनुसार न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

उनका अनुसार हिउँद (विन्टर) सकिएर प्रि-मनसुन लागेयता काठमाडौँ उपत्यकासहित देशभर नै तापक्रम बढ्दो क्रममा रहेको उनले बताइन्। 

मार्च १ देखि नेपालको मौसममा प्रि-मनसुन सिजन चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad