आज (बुधबार) काठमाडौँ उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
तर सम्भावना न्यून रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
‘आज दिउँसो काठमाडौँ उपत्यकामा छिटपुट पानी पर्ने सम्भावना त छ तर सम्भावना २० प्रतिशत मात्र देखिएको छ’, उनले भनिन्, ‘५० प्रतिशतभन्दा तल सम्भावना हुनु भनेको सम्भावना न्यून हुनु हो।’
तर आज पनि मंगलबारजस्तै दिनभर घाम लाग्ने सम्भावना भने कमै रहेको मौसमविद् मानन्धरले बताइन्। ‘आज खासै राम्रोसँग घाम लाग्ने देखिन्न’, उनले भनिन्, ‘घाम-बादल, घाम-बादल हुनसक्छ।’
उनका अनुसार यतिबेला (बुधबार बिहान ९ बजे) कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुट खालको वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात तथा कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
Shares

प्रतिक्रिया