काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख अर्थात् मेयर पीएल सिंहको निधनप्रति वर्तमान मेयर बालेन्द्र शाह ‘बालेन’ले व्यक्तिगत रूपमा पनि दुःख व्यक्त गरेका छन्।
महानगरपालिकाको विज्ञप्तिपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै पूर्वमेयर सिंहलाई ‘महानगरको परिकल्पनाकार’ भनी सम्बोधन गरेका छन्।
उनले लेखेका छन्, ‘अलबिदा महानगरको परिकल्पनाकार! काठमाडौँ नगरपालिकालाई महानगर बनाउने आदरणीय पीएल सिंहको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा बैकुण्ठ बासको कामना गर्दछु।’
काठमाडौँ महानगरपालिकाका अनुसार सिंहले २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए।
उनको सम्मान तथा शोकमा महानगरपालिकाले आज पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिएको छ।
Shares

प्रतिक्रिया