हङकङमा पदयात्रीको मृत्यु

हङकङमा पदयात्रीको मृत्यु

साइकुङको ताइलङ वानस्थित ताइवान र हामतिन समुद्री तट (एससीएमपी)


नेपालखबर
पुस १, २०८१ सोमबार १२:४, हङकङ

आइतबार हङकङको साइकुङमा एक पदयात्रीको मृत्यु भएको छ। दिउँसो साढे ४ बजे ताइलङ वान समुद्री तटमा एक व्यक्ति बेहोस अवस्थामा लडेको सूचना प्रहरीले पाएको थियो।

यसपछि उद्धारका लागि पुगेको सरकारी उडान सेवाको हेलिकप्टरले चाइवानस्थित पामेला युड नेदरसोल पूर्वी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषित गर्‍यो।

प्रहरी स्रोतका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन। मृत्यु हुने ६९ वर्षीय वृद्ध हुन्। उनीसँगै शार्प पिक क्षेत्रमा ९ जनाको समूह पदयात्रामा गएको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .