देशका कतिपय स्थानमा हिउँदे वर्षा सुरु भइसकेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ।
यसैबीच आज काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
तर सम्भावना कम रहेको मौसम महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए।
‘काठमाडौँ उपत्यकामा पनि दिउँसो/अपराह्नतिर फाटफुट वर्षाको सम्भावना त देखिएको छ तर सम्भावना कम छ’, उनले भने।
मौसम महाशाखाले आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना २० प्रतिशत मात्र देखिएको उल्लेख गरेको छ।
हेर्नहोस् मौसम महाशाखाले काठमाडौँका लागि जारी गरेको मौसम आकलन-

यही डिसेम्बर १ देखि नेपालमा हिउँदयाम लागेको हो। यसैले अब हुने वर्षालाई हिउँदे वर्षा भनिन्छ।
Shares

प्रतिक्रिया