कला


भारतीय दूतावासद्वारा लुम्बिनीमा सांस्कृतिक महोत्सव (तस्बिर)

भारतीय दूतावासद्वारा लुम्बिनीमा सांस्कृतिक महोत्सव (तस्बिर)

नेपालखबर
मंसिर २४, २०८१ सोमबार ७:४६, काठमाडौँ

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आइतबार लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ। 

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनीका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए।  

कार्यक्रममा प्रदेश सभा सदस्य, बुटवल उपमहानगरपालिकाका मेयर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षकसँगै नागरिक समाजका सदस्य एवम् वरिष्ठ भिक्षु, लुम्बिनी विकास कोषका परिषद् र कर्मचारी लगायतको उपस्थिति थियो।  

महोत्सवकै सन्दर्भमा आइतबार साँझ भारत र नेपालका कलाकारले लुम्बिनीमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा श्री स्वजन रघुवंशी र उजको समूहले परम्परागत नेपाली नृत्य प्रस्तुत गरेको थियो। त्यसैगरी शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय कलाकार समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यसमेत कार्यक्रममा देखाएका थिए।

आइतबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा’ विषयक शैक्षिक गोष्ठी गरिएको थियो।  गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानले मन्तव्य व्यक्त गरेका थिए।   

 भारतबाट आएका कथक नृत्य समूहले काठमाडौँ र पोखरामा पनि आफ्नो प्रस्तुति देखाउने भारतीय दूतावासले जनाएको छ। 

नेपाल र भारतका जनता(जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने, सांस्कृतिक महोत्सवको माध्यमबाट भारत र नेपालबीचको सदियौँ पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई थप सुदृढ गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको दूतावासले जनाएको छ।

थप तस्बिर 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad