बागमती


ग्यास बुलेटको ठक्करबाट मृत्यु हुनेमा गोरखाकी सीता प्रजा, छोरा भेट्न झरेकी थिइन् फिस्लिङ

ग्यास बुलेटको ठक्करबाट मृत्यु हुनेमा गोरखाकी सीता प्रजा, छोरा भेट्न झरेकी थिइन् फिस्लिङ

सुनिता विष्ट
मंसिर ३, २०८१ सोमबार १९:१०, हेटौंडा

चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित पृथ्वी राजमार्गमा भारतबाट बनेपातर्फ जाँदै गरेको एक भारतीय ग्यास बुलेटको ठक्करबाट मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लीकी ४५ वर्षीया सीता प्रजा रहेको पुष्टि भएको छ। 

सोमबार दिउँसो उक्त स्थानमा एनएल ०१ ए ०२८० नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट प्रजाको मृत्यु भएको हो। भुम्लीबाट बोलेरो गाडीमा फिस्लिङ आएकी प्रजालाई ग्यास बुलेटले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

सुस्त मनःस्थितिकी सीता चितवनको इच्छाकामना गाउँपालिका–३ मा बस्ने आफ्ना छोराको घर जाने क्रममा दुर्घटनामा परेको पाइएको गण्डकी गाउँपालिका–६ का वडाध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए।

घटनापछि स्थानीयहरू ठूलो संख्यामा भेला भई शव उठाउन नदिएपछि राजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियो। मृतक सीताको परिवार र स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिने सर्तमा स्थानीयसँग समन्वय गरी अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी भेषराज रिजालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad