ad ad

बागमती


काठमाडौँमा महिलाको हत्या आरोपमा सर्लाहीका २ पुरुष पक्राउ

सुन्दरीजलमा ढुंगाको चेपभित्र भेटिएको थियो सिराहाकी महिलाको शव
काठमाडौँमा महिलाको हत्या आरोपमा सर्लाहीका २ पुरुष पक्राउ

पक्राउ परेका २ पुरुष। तस्बिर : जिल्ला प्रहरी परिसर काठमाडौँ।


नेपालखबर
भदौ २३, २०८१ आइतबार १३:४७, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल बसुन्धारा ३ बस्ने  वर्ष २४ का  सन्तोष राम महरालाई पक्राउ गरिएको हो।

उनीहरूलाई काठमाडौँ-३ बसुन्धारा क्षेत्रबाट भदौ २२ गते नियन्त्रणमा लिइएको प्रहरी परिसरले जानकारी दिएको छ। 

हत्या गरिएकी महिला सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारी हुन्। तर हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन्। 

ती महिलाको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार भेटिएको थियो। प्रहरीका अनुसार उनी मजदुरी गरेर गुजारा चलाउँथिन्। 

हत्याको कारण खुल्न सकेको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .