ad ad

बागमती


काठमाडौँमा पनि ‘रेमल’ चक्रवातको प्रभाव, पानी पर्ने सम्भावना कति?

काठमाडौँमा पनि ‘रेमल’ चक्रवातको प्रभाव, पानी पर्ने सम्भावना कति?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
जेठ १४, २०८१ सोमबार १३:३७, काठमाडौँ

मौसमविद्का अनुसार हाल कोसीदेखि गण्डकी प्रदेशसम्म ‘रेमल’ चक्रवातको प्रभावले मौसम बदली र वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको मौसममा रेमल चक्रवातको प्रभाव परिरहेको हो।

गण्डकीदेखि पश्चिम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले स्थानीय वायुको प्रभाव छ। 

यसैबीच बागमती प्रदेशमा पर्ने काठमाडौँ उपत्यकामा पनि रेमल चक्रवातको प्रभाव परिरहेको छ। जसका कारण आज यहाँको मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भएको मौसमविद् मानन्धरले बताइन्। 

‘काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जन/चट्याङसहित क्षणिक र हल्का वर्षा हुने सम्भावना छ’, उनले भनिन्।

मौसम महाशाखाले आज काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको जनाएको छ। 

आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म हुने अनुमान मौसम महाशाखाले गरेको छ।  

महाशाखााका अनुसार आज काठमाडौँ उपत्यकामा बिहान ५ बजेर १० मिनेटमा उदाएको घाम अब साँझ ६ बजे ५३ मिनेटमा अस्ताउनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .