ad ad

समाज


चितवन दुर्घटना : मृतक किशोरको पनि सनाखत

चितवन दुर्घटना : मृतक किशोरको पनि सनाखत

नेपालखबर
जेठ १४, २०८१ सोमबार १३:३८, काठमाडौँ

सोमबार राति चितवनमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने किशोरको पनि सनाखत भएको छ।  

भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलो भन्ने ठाउँमा गएराति साढे १२ बजे चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक किशोर र एक युवक गरी दुई जनाको मृत्यु भएको थियो। 

दुर्घटनामा परेर मृत्यु भएका ट्रकको सहचालकको सोमबार बिहान सनाखत भए पनि किशोरको ढिलोगरी सनाखत भएको हो। 

दुर्घटनामा ज्यान गुमाउने किशोर प्युठान नौबहिनी गाउँपालिका-३ का १३ वर्षीय सोयन पुन रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका ना.३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राप्चेका २१ वर्षीय राजन सुवेदीको पनि मृत्यु भएको छ। 

घाइते किशोरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

सोमबार राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबासतर्फ जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा २१ जना घाइते भएका छन्।  घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भीर छ भने १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .