बागमती


सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीया इन्दिराको मृत्यु, पति घाइते

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीया इन्दिराको मृत्यु, पति घाइते

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार २२:१२, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटर साइकलको पछाडि सवार २३ वर्षीया इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनका श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल  घाइते भएका छन्।

विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००६ ख. २७१६ नं. को टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएको थियो।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। रासस 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad