ad ad

बागमती


मुख्यमन्त्री जम्कट्टेलको काँधमा ७ मन्त्रालयको जिम्मेवारी

मुख्यमन्त्री जम्कट्टेलको काँधमा ७ मन्त्रालयको जिम्मेवारी

नेपालखबर
फागुन २४, २०८० बिहिबार १२:४४, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको काँधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालयको जिम्मेवारी आइलागेको छ।

बुधबार कांग्रेसका ६ मन्त्रीले राजीनामा दिएपछि उनीहरूका मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री जम्कट्टेलले लिनुपरेको हो। 

संविधानको धारा १६९ को उपधारा (१) बमोजिम कांग्रेसका मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएपछि ती मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्ने गरी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको  छ।

योसँगै उनको काँधमा ७ मन्त्रालयको जिम्मेवारी आइलागेको हो।

१२ सदस्यीय मन्त्रिपरिषद्‌मा हाल माओवादी केन्द्रका ४ र एकीकृत समाजवादीका २ मन्त्री मात्र छन्। केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार कांग्रेस बागमती सरकारबाट बाहिरिएको हो। 

बुधबार कांग्रेसका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र स्वास्थ्य मन्त्री उत्तम जोशीले सरकारलाई दिएको समर्थन फिर्ता लिँलै राजीनामा बुझाएका हुन्।

प्रदेश सभाको ठूलो दलको हैसियतले कांग्रेसको भागमा ६ मन्त्रालय परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .