ad ad

बागमती


दौडिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

दौडिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस १८, २०८० बुधबार १०:२४, हेटौँडा

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११, थानाभर्‍याङमा आज (बुधबार) बिहान मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

हेटौँडा बजारबाट तर्फ बाट नवलपुर तर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले पीटी दौडिँदै गरेका डडेलधुरा आलिताल गाउँपालिका-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिँदा घाइते भई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका हुन्। 

यही घटनापश्चात् मोटरसाइकलसमेत अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन्।

उनको टाउको र हातमा चोट, हेटौँडा अस्पताल बाट नयाँ मेडिकल कलेज चितवन थप उपचारका लागि पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

सोही घटनामा प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की दायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै, अर्का प्रहरी जवान विजय खत्रीको बायाँँ खुट्टा र बायाँँ हातमा भित्री चोट रहेको र उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .