ad ad

बागमती


मंसिर २७ देखि काठमाडौँ महानगरभित्र सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा प्रतिबन्ध

मंसिर २७ देखि काठमाडौँ महानगरभित्र सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा प्रतिबन्ध

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १९:१७, काठमाडौँ

मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ।

स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर जारी गरेको सार्वजनिक सूचनामा यसबारे जानकारी गराइएको छ। 

सूचनामा उल्लेख गरिएको छ, ‘सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ।’

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले २९ औँ महानगर दिवसको अवसर पारेर सो निर्णय गर्न लागिएको हो।

‘हामी स्वस्थ्य सहर निर्माणको अभियानमा छौँ। २९ औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने सुर्तीजन्य बस्तुको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ,’ उनले भने।

सुर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको उनले बताए।

ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ। 

सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो सर्त रहेको बताउँदै महानगरले दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने पनि विभागका प्रमुख पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .