ad ad

कारोबार


चांगन औपचारिक रूपमा थाइल्याण्डमा सञ्चालन

चांगन औपचारिक रूपमा थाइल्याण्डमा सञ्चालन

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १९:२१, काठमाडौँ

प्रख्यात चिनियाँ अटोमेकर कम्पनी चांगनले थाइल्याण्डको बैंककमा आफ्नो आधिकारिक उपस्थितिको सुरूवात गरेको छ।

चांगानले एक दक्षिण पूर्व एशिया डिभिजन र स्थानीयकृत अपरेशनका लागि तीन स्थानीय कम्पनीहरू चांगन अटोमोबाइल दक्षिणपूर्व एशिया, चांगन थाईल्याण्ड सेल्स र चांगान थाईल्याण्ड पार्ट्सको स्थापना गरेको हो।

कम्पनीले थाईल्याण्डमा नविन ऊर्जामा आधारित सवारी उत्पादन गर्न आधारस्थलको निर्माण पनि शुरू गरेको जनाएको छ।

नोभेम्बर २७ मा आयोजित दक्षिणपूर्वी एसियाली पत्रकार सम्मेलनका क्रममा चांगनले दक्षिण पूर्व एशियामा आफ्नो विस्तार योजनाहरूको विस्तृत जानकारी गराउँदै ‘व्यापार प्लस आधार’ रणनीतिमा जोड दिने र उत्कृष्ट उत्पादन ब्रान्डहरू डीपल, अवतार र नेभोको परिचय समेत गराएको थियो।

कम्पनीले थाइल्याण्डका अग्रणी वितरण साझेदारहरूसँग सहकार्य गर्ने, ‘नम्बर वन प्रोजेक्ट’ को थाई संस्करण सुरू गर्ने, प्रयोगकर्ता सेवाहरू बढाउने र इएसजी निर्माणलाई सुदृढ गर्दै थाइल्याण्डको औद्योगिक विकासमा योगदान गर्ने लक्ष्य राखेको छ।

चांगन अटोमोबाइलका अध्यक्ष झु ह्वारोङले थाइल्याण्डको अटोमोटिभ उद्योग र चांगानको नयाँ ऊर्जा रणनीतिक विकास सँगै जाने बताए।

कार्यक्रममा कम्पनीद्वारा दुईवटा गाडीहरू डीपल एल ०७ र डीपल एसएल ०७ को पनि अनावरण गरिएको थियो। यी दुई गाडीहरू प्रि–अर्डरका लागि उपलब्ध छन् तर आधिकारिक रुपमा भने नोभेम्बर २९ मा थाइल्याण्ड अटो शोमा लन्च हुने छन्।

योसँगै अविताले पनि थाइल्यान्डमा पहिलो पटक आफ्नो प्रमुख मोडेलहरू अविता ११ र अविता १२ को सोहि इभेन्टमा प्रदर्शन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .