मकवानपुरको बकैया गाउँपालिका–७ हातिखोलास्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
स्थानीय राम कुमार राईको ११ वर्षीया छोरी बिनिता राईको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार शनिबार दिउँसो हातिखोलास्थित सार्वजनिक जग्गामा सिंचाईको लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालिका बेहोस भएकी थिइन्।
बालिका डुबेको खवर पाउनासाथ उद्दार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रवक्ता कार्कीले जानकारी दिइन्।
घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए।
24
Shares
प्रतिक्रिया