ad ad

बागमती


बागमती मन्त्रिपरिषद विस्तारमा सकस : कार्यदलमा जुटेन सहमति

बागमती मन्त्रिपरिषद विस्तारमा सकस : कार्यदलमा जुटेन सहमति

नेपालखबर
चैत १६, २०७९ बिहिबार १५:१९, हेटाैँडा

बागमती प्रदेशको मन्त्रालय भागबन्डाका लागि गठित कार्यदलको बैठक बसेको छ। बिहीबार (आज) काठमाडौंमा बसेको बैठकमा भागबन्डाको सहमति भने जुट्न सकेन।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको कार्यदलका संयोजक कांग्रेस सांसद रामकृष्ण चित्रकारले जानकारी दिए। सहमति नजुटेर भन्दा पनि कसरी जाने भन्ने मात्रै छलफल भएको उनले दाबी गरे।

‘संविधानलाई रक्षा गर्नेगरी अगाडि बढ्नेबारे छलफल भयो। कुन दललाई कति मन्त्रालय भन्ने विषयमा प्रवेश गर्न पाइएन’ उनले भने, ‘ भोलिका दिनका बैठकले मन्त्रालय भगबन्डाको कुरा टुंगो लगाउनेछ।’ 

केही दिनभित्रै भागबन्डाको विषयमा टुंगो लगाइने कार्यदलका संयोजक चित्रकारले दाबी गरे।

बागमती प्रदेशमा रिक्त मन्त्रिपरिषद विस्तारमा सकस देखिएपछि मन्त्रालय टुंगो लगाउन मंगलबार कार्यदल गठन भएको थियो।

मन्त्रालय संख्या भन्दा बढीमा दाबी परेपछि गठबन्धन दलले कार्यदल गठन गरेका हुन्। ७ सदस्यीय कार्यदलमा कांग्रेसका संयोजकसहित ३, माओवादी केन्द्रबाट २, एकीकृत समाजवादीबाट १ र हाम्रो नेपाली पार्टीबाट १ जना रहेका छन्।

११ वटा मन्त्रालय रहेको बागमतीमा हाल माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ४ मन्त्री रहेका छन्।

राप्रपा र एमालेले छोडेका रिक्त ७ मन्त्रालयमा ४ कांग्रेसलाई, २ एकीकृत समाजवादीलाई र १ हाम्रो नेपाली पार्टीलाई दिने गरी गृहकार्य गरिरहेका मुख्यमन्त्री जम्मकट्टेलको प्रस्तावमा कांग्रेसले सहमति नजनाएपछि कार्यदल नै गठन गर्नुपरेको बताइएको छ।

तेस्रो स्थानमा रहेको माओवादीलाई मुख्यमन्त्री दिएको भन्दै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ६ मन्त्रालय जसरी पनि आफ्नो भागमा पर्नुपर्ने अडान छोडेको छैन।

यस्तै, एकीकृत समाजवादीले पनि २ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेका छन्।

२५ पुसमा नेकपा एमाले र राप्रपासहितको गठबन्धनबाट सरकार गठन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .