ad ad

राजनीति


पूर्वमन्त्री सुनिलबहादुर थापा राष्ट्रपतिका राजनीतिक सल्लाहकार

पूर्वमन्त्री सुनिलबहादुर थापा राष्ट्रपतिका राजनीतिक सल्लाहकार

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १५:२०, काठमाडौँ

नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार नियुक्त भएका छन्।

पूर्वआपूर्तिमन्त्रीसमेत रहेका उनलाई राष्ट्रपति पौडेलले बिहीबार राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य थापाले आफूलाई शीतलनिवासले राजनीतिक सल्लाहकारको पत्र दिएको पुष्टि गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार नै पूर्वगभर्नर चिरञ्जीवी नेपाललाई आर्थिक विज्ञमा र पूर्वमहान्यायाधीवक्ता बाबुराम कुँवरलाई कानुनविज्ञमा नियुक्त गरेका छन्।

उनी २०७४ जेठमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।

उनी २०७४ र गत मंसिरमा भएको स‌ंसदीय निर्वाचनमा धनकुटा क्षेत्र नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका थिए।

थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न देशमा काम गरेका थिए। उनी सन् २०११ मा शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्च आयोगको सुडान कार्यालयमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा आएका हुन्। 

त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। थापा २०७७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरर सह-महामन्त्री बनेका थिए। उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .