बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज दोस्रोपटक विश्वासको मत लिन लागेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन्।
दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
चैत १३ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता अनुसार मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिन लागेका हुन्।
चैत ८, २०७९, बुधबार
51
Shares
प्रतिक्रिया