ad ad

बागमती


काठमाडौंमा स्रोत नखुलेको साढे ३९ लाखसहित युवक पक्राउ

काठमाडौंमा स्रोत नखुलेको साढे ३९ लाखसहित युवक पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ १९, २०७९ आइतबार ६:१७, काठमाडौँ

काठमाडौंमा नेपाल प्रहरीले स्रोत नखुलेको रु ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग (नागढुङ्गा) को टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर (काठमाडौँ) का प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिए। पक्राउ परेका भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ।

भट्टराईलाई प्रहरी वृत्त (थानकोट) बाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .