ad ad

बागमती


काठमाडौंमा स्कुटर र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

काठमाडौंमा स्कुटर र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

नेपालखबर
भदौ १२, २०७९ आइतबार १९:२५, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल आपसमा ठक्कर खाँदा स्कुटर चालक शङ्खरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीय बालकुमार कटुवालको गएराति मृत्यु भएको हो।

दुर्घटनामा सख्त घाइते भएका कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एकजना र मोटरसाइकल चालकको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा र मोटरसाइकलमा सवार अर्का एक जनाको भने नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .