ad ad

बागमती


राहदानी विभागको बेसमेन्टमा आइतबारदेखि पार्किङ

राहदानी विभागको बेसमेन्टमा आइतबारदेखि पार्किङ

नेपालखबर
भदौ ११, २०७९ शनिबार ७:४२, काठमाडौँ

राहदानी विभागले आगामी आइतबारदेखि बेसमेन्टलाई पार्किङका रूपमा प्रयोग गर्न सकिने सूचना सार्वजनिक गरेको छ।

नक्साअनुरूप निर्माण नभएका संरचना र नक्सा पास भएबमोजिम प्रयोग नभएका संरचना अवैध ठहर गर्दै काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि त्यस्ता संरचना भत्काउन सुरु गरेको थियो।   

सोही क्रममा शुक्रबार कामपाले गरेको अनुगमन क्रममा त्रिपुरेश्वरमा रहेको राहदानी विभागको बेसमेन्टमा सञ्चालन गरेको पाएपछि कामपा प्रमुख बालेन्द्र साहले उक्त स्थानमा राखिएको कुर्सी हटाएर जुन प्रयोजनका लागि निर्माण भएको सोहीअनुरूप प्रयोग गर्न निर्देशन दिएका थिए।

कामपाको निर्देशनपछि विभागले एक सूचना जारी गर्दै आइतबारदेखि उक्त स्थानमा पार्किङका लागि खुला गरिने जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .