ad ad

बागमती


नारायणी नदीमा युवतीले हाम फालिन्, खोज्दै प्रहरी

नारायणी नदीमा युवतीले हाम फालिन्, खोज्दै प्रहरी

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०७९ बुधबार १०:२७, काठमाडौँ

चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट एक युवतीले हाम फालेकी छन्। 

चितवन खैरहनी नगरपालिका ७ की २६ वर्षीया ऋचा उप्रेतीले मंगलबार दिउँसो नदीमा हाम फालेकी हुन्। 

स्थानीयले देखेर खबर गरेलगत्तै प्रहरीले उनको खोजी गरिरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए।

‘मंगलबार २:४५ तिर उनले हामफालेको स्थानीयले देखेछन्’, डीएसपी अधिकारीले भने, ‘खोजी गरिरहेका छौं, अहिलेसम्म भेटिएको छैन।’

उनी विवाहित भएको र एउटा सानो बच्चा पनि भएको उनले जानकारी दिए। उनको विषयमा विस्तृत जानकारी लिन बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .