काठमाडौं महानगरपालिकाले भोलि साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने भएको छ।
जसका लागि महानगरपालिकाले कुहिने र नकुहिने फोहोर संकलन गर्ने दिन छुट्याएर कार्यतालिका सार्वजनिक गरिसकेको छ।
शनिबार सूचना जारी गर्दै महानगरपालिकाले कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको हो। त्यस्तै, नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकिएको छ।
आइतबारदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर पठाउन आग्रह गर्दै मेयर बालेन्द्र शाह आफैं घरदैलो अभियानमा निस्किएका छन्। ‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएको फ्लेक्स बोकेर उनीहरू घरदैलोमा हिँडेका हुन्।
आफ्नो आग्रह बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले फोहोर छुट्याउन कुहिने र नकुहिने फोहोरको भाँडो नै छुट्टाछुट्टै राख्नसमेत आग्रह गरेको छ।
Shares
प्रतिक्रिया