ad ad

बागमती


वकिलको चुनावमा एमाले–एकीकृत समाजवादी मिल्दा प्यानलै विजयी

वकिलको चुनावमा एमाले–एकीकृत समाजवादी मिल्दा प्यानलै विजयी

नेपाल बार एसोसिएसन उच्च अदालत पाटन एकाइको निर्वाचनमा विजयी समूह


नेपालखबर
असार २६, २०७९ आइतबार १०:१, काठमाडौँ

नेपाल बार एसोसिएसन उच्च अदालत पाटन एकाइको निर्वाचनमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको गठबन्धनको प्यानलै विजयी भएको छ। 

माउ पार्टीबीच तीव्र मनमुटाव रहे पनि नेपाल बारको उच्च अदालत पाटन एकाइको चुनावमा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी कानुन लयर्स एसोसिएसन (एसपीएलए) ले गठबन्धन गरेका हुन्। 

गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका शान्तिराम खतिवडाको समूह नै विजयी भएको हो। अध्यक्ष खतिवडासहित १९ पदमै पीपीएलए–एसपीएलए गठबन्धन अत्यधिक मतका साथ विजयी भएको हो। 

खतिवडाले १ हजार ६६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत पाएका छन्। 

यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपानेले १ हजार २३ मत पाएका छन् उनका प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत ल्याएका छन्। सचिवमा रवीन्द्रकुमार ढुंगानाले १ हजार ४८ मत पाएका छन्। उनका प्रतिस्पर्धी शंकरकुमार खड्काले २८३ मत प्राप्त गरेका छन्। 

१९ सदस्यीय समितिका लागि पीपीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य र एसपीएलएले उपाध्यक्ष, सहसचिव र ३ जना सदस्य उम्मेदवारी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .