अटो


टीभीएसले भाइबरको साथमा फेरि ल्यायो ‘डाउनलोड एण्ड विन’ अफर

टीभीएसले भाइबरको साथमा फेरि ल्यायो ‘डाउनलोड एण्ड विन’ अफर

नेपालखबर
असोज २७, २०७६ सोमबार १६:२२,

जगदम्बा मोटर्स प्रालिले टीभीएसका दुई पाङ्ग्रे सवारी साधनमा म्यासेजिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढी उत्साह थप्न सुरु गरिएको हो ।

यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्र्दछ । विजेताहरु लक्की ड्रमार्फत चयन गरिने कम्पनीले जनाएको छ । उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टीभीएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट सुरु भएर दुई महिनासम्म जारी रहने बताइएको छ ।

यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रतिघण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासीक स्टाइललाई मूर्त रुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासिक स्कुटर हो ।

टीभीएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरुलाई सहजता सुनिश्चित गर्दछ । यसै अवसरमा जगदम्बा मोटर्स प्रा.लि.का एमडी शाहिल अग्रवालले भने, ‘हामी सदैव हाम्रा ग्राहकहरुलाई अतिरिक्त लाभ प्रदान गर्न नयाँ तथा नविनतम योजना ल्याइरहेका छौं जुन हाम्रो बिक्र्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ ।

हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्याधिक प्रतिक्रियाहरु प्राप्त गर्नेछौं ।’ अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी, राकुटेन भाइवरले भने, ‘हामी यो चाडपर्व अफरमार्फत नेपाली प्रयोगकर्तालाई थप खुशी प्रदान गर्न टीभीएससँग फेरि काम गर्न पाउँदा निकै प्रसन्न छौं ।'

नेपाल राकुटेन भाइवरका लागि निकै महत्वपूर्ण बजार हो र हामी हाम्रा प्रयोगकर्ताका लागि थप मुल्यवान बनाउन सधै खुशी छौं ।’ टीभीएस मोटर कम्पनी, ८.५ बिलियन अमेरिकी डलर भएको टीभीएस ग्रुपको फ्ल्यागसिप संगठनअन्तर्गतको एक प्रतिष्ठित दुई पाङग्रे र तीन पाङग्रे सवारी निर्माता हो ।

विगत सय वर्षदेखिको ग्राहकहरुको विश्वास, मुल्य र प्यासनको साथ टीभीएस मोटर्स कम्पनी अविभाजित ग्राहक अनुभवका लागि नविनतम र उच्च स्तरीय गुणस्तर प्रदान गर्न सफल भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad