अमेरिकाको ओहायोमा कार दुर्घटना हुँदा नेपाली मूलका दुई जनाको मृत्यु भएको छ।
शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका थिए। जसमा २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको छ भने २२ वर्षीय सृजना विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले जनाए अनुसार कोबी स्टिलवेलले चलाएको अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै थियो, जसमा जाशन स्कट र खलिब वाटसन रहेका थिए।
कोबी स्टिलवेल र खलिब वाटसनको सामान्य घाइते अवस्थामा ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो भने जाशन स्कटलाई गम्भीर घाइते अवस्थामा माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ।
स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठोक्किएको हो। जसमा अञ्जु विश्वकर्मा, कुमारी विश्वकर्मा र सृजना सवार रहेका थिए। पछि स्टिलवेको गाडी फेरि टोयोटा टाकोमा नामक खाली गाडीमा ठोक्किएको थियो।
स्थानीय फिलेमोन गोपालले आफ्नो फेसबुकमा कुमारी र अञ्जु आमाछोरी दुर्घटना परी मृत्यु भएको भन्दै समवेदना प्रकट गरेपछि घटनाबारे जानकारी भएको हो।
प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
Shares

प्रतिक्रिया