एमएडब्लु इन्टरप्राइजेज, नेपालको लागि यामाहा बाइकहरु र मोटरसाइकलहरुको आधिकारिक वितरकले बडादशैं २०७६ को सुखद उपलक्ष्यमा आफ्नो दशैं योजना भिक्ट्री शुभारम्भ गरेको छ।
यस योजनाअन्तर्गत यामाहा बाइक र मोटरसाइकलहरुमध्ये कुनै पनि एक खरिद गर्नेले हरेक दिन गरिने लक्की ड्रबाट एक लाख नगद जित्ने मौका र कुनै पनि यामाहा मोटरसाइकलको खरिदमा ७ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट प्राप्त गर्नेछन्।
साथै केही पनि खरीद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगिता मा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनाले दिएको छ र यो हप्ताको विजेता नन्दा महर्जन भएकी छिन्। मनसुन झरीलाई बेवास्ता गर्दै हरेक दिन सयौं ग्राहकहरुले यामाहाको शोरुममा बाइकहरुको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई भिक्टर बन्न भ्रमण गरिरहेका छन्।
यसरी भ्रमण गरेका १ हजारभन्दा बढी सहभागीहरुमध्येबाट २५ जनाले भिक्टर बनेर १/१ लाख रुपैयाँ जितिसकेको कम्पनीले जनाएको छ।
नेपालमा यामाहा बाइकहरु एक अत्यन्त विश्वसनीय ब्राण्डको रुपमा चिरपरिचित छन्। यथार्थमा यामाहा बाइकहरु अत्याधुनिक नवीनतम प्रविधियुक्त छन् र चलाउनलाई भरपूर आनन्द प्रदान गर्ने विशेषताहरुले परिपूर्ण छन्। यस योजनामा आठ हजारभन्दा बढीको संलग्नता रहिसकेको छ।

प्रतिक्रिया