इरानलाई सहमतिमा ल्याउन विश्व एक भएर लाग्नुपर्ने सलमानले बताएका हुन्।
अमेरिकाको टेलिभिजन च्यानल सीबीएसको कार्यक्रम ‘सिक्स्टी मिनेट्स’मा अन्तर्वार्ता दिने क्रममा सलमानले साउदी अरब र इरानबीच तनाब बढे यसले विश्व अर्थतन्त्रमा असर पुग्ने बताए।
सलमानले साउदी अरब र इरानबीच राजनीतिक रुपमा सहमति हुनुपर्ने धारणा राखेका छन्।
उनले विश्वका राष्ट्रले यस सहमतिको हिस्सा हुनुपर्ने धारणा राख्दै युद्ध भए विश्व अर्थतन्त्र डामाडोल हुने तर्क राखे।
सलमानका अनुसार पुरा विश्वको ३० प्रतिशत तेल आपूर्तिमा मध्यपूर्व क्षेत्रको योगदान छ। विश्व व्यापारको २० प्रतिशत र विश्व जीडीपीको ४ प्रतिशत योगदानमा मध्यपूर्वको देन छ।
हालैका दिनमा परमाणु सम्झौताको विषयलाई लिएर अमेरिका र इरानबीच तनाब बढेको छ। साउदी अरबका तेल ट्यांकरमा पनि आक्रमण भइरहेका छन्।
अमेरिका र साउदीले इरानले उक्त आक्रमण गरेको आरोप लगाइरहेको छ। इरान यो विषय स्वीकार्दैन।
हालै यमनका हुथी विद्रोहीले साउदीको दुईवटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेका थिए। उक्त आक्रमणको जिम्मा पनि अमेरिका र साउदीले इरानलाई नै लगाएको थियो।
यस तनाबका बीच साउदी राजकुमारले इरान र साउदीबीच वार्ताबाटै समस्या सुल्झाउनुपर्ने धारणा राखेका हुन्।

प्रतिक्रिया