अटो


कलेज टु कार्ट्सबाट तीन जना सिंगापुर जाने

कलेज टु कार्ट्सबाट तीन जना सिंगापुर जाने

नेपालखबर
असोज ५, २०७६ आइतबार ६:५२,

नेपाल अटोमोबाइल्स एसोसिएसन काठमाडौँ इञ्जिनियरिङ्ग कलेज, कालिमाटीले सञ्चालन गरिरहेको हन्ड्रेड युथ आवर फ्युचर अभियानअन्तर्गतको कलेज टु कार्ट्स च्याम्पियनसिपबाट सिङ्गापुरको लागि तीन जना ड्राइभर छानिएका छन्।

धुलिखेलस्थित हिमालयन मोटरल्याण्डमा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यन्जु श्रेष्ठ द्वारा झण्डा हल्लाई उद्घाटन गरिएको सो प्रतियोगितामा महिलातर्फ सुष्मा नेपाल विजयी भइन् भने पुरुषतर्फ आश्विन जलान र सुवर्ण सिङ्ग विष्ट विजयी भए ।

college cart driver 2

बिजेतालाई नासाका उपाध्यक्ष सुशील ताण्डुकर, नासा एथ्लेट्स कमिसनका संयोजक उपेन्द« प्याकुरेल, आइएई नेपालका उपाध्यक्ष मधुसुदन सिग्देल, माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराईले प्रमाण—पत्र प्रदान गरे।

सो अभियान अन्तर्गत कलेज टु कार्ट्स च्याम्पियनशिपका तीन विजेता तथा अन्य दुई प्रतियोगिताबाट छनौट भएका चार गरी कुल सात जना विद्यार्थीहरुलाई आउँदो नोभेम्बर पहिलो हप्ता सिङ्गापुरस्थित केएफ१ रेसिङ सर्किटमा आयोजना गरिने प्रतियोगितामा सहभागी गराइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad