राजनीति


अराजकता बढेको हो, खतरा होइनः प्रचण्ड

अराजकता बढेको हो, खतरा होइनः प्रचण्ड

नेपालखबर
असोज ५, २०७६ आइतबार ६:१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक परिवर्तन र प्रणालीमा खतरा आयो भन्ने कुरा सत्य नभएको बताएका छन्।

थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका अध्यक्ष प्रचण्डले अलअिलि अराजकता बढेको भए पनि प्रणालीमै खतरा नआएको दावी गरे। उनले अराजकताको प्रतिवाद राजनीतिक दल र सरकारले गर्नुपर्ने भन्ने विषमा राजनीतिक दलहरुबीच सहमति समेत भएको बताए।

‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन’, उनले भने, ‘ अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो। यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ।’  उनले अराजकतालाई परास्त गर्नुको अर्थ भौतिक नभई राजनीतिक र वैचारिक भएको प्रस्ट पारे।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहकै बढेको बताए। सरकारका कामलाई लिएर जनतामा असन्तुष्टि बढीरहेको भन्दै उनले आफूहरु पार्टी र सरकारको कामको समीक्षामा लागेको बताए। ‘हामीले सरकार र पार्टी दुबैका कामको समीइक्षा गरिरहेका छौं’, उनले भने, ‘यसलाई नयाँ शीराबाट गति दिनेबारे छलफल भइरहेको छ।’

उनले सरकारले काम नै गरेन भन्ने कुरा सत्य नभएको बताए। ‘थुप्रै मौलिक हकसम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो। भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धि हो। चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन्’, उनले भने, ‘सरकारले कामै गरेन भन्ने कुरा सत्य होइन।’

 अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको कारण सामान्य अराजकतालाई परास्त गरेर अगाडि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad