अटो


पोखरामा एनआईयूको अधिकृत बिक्रेता इलेक्ट्रो हबले एक वर्ष मनायो

पोखरामा एनआईयूको अधिकृत बिक्रेता इलेक्ट्रो हबले एक वर्ष मनायो

नेपालखबर
असोज ५, २०७६ आइतबार ५:३१,

एनआईयूको अधिकृत बिक्रेता इलेक्ट्रो हब प्रालि पोखराले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको छ। पोखराको न्युरोडमा रहेको कम्पनीले आफ्ना २५ भन्दा बढी एनआईयू प्रिमियम विद्युतीय स्कुटीसहित र्‍याली आयोजना गरी वार्षिकोत्सव मनाएको हो।

कम्पनीका अनुसार ५० भन्दा बढी विभिन्न क्षेत्रका मानिसको सहभागिता रहेको थियो। विद्युतीय स्कुटीको प्रयोगले स्वस्थ वातावरणका लागि सहयोगी भूमिका खेल्ने कम्पनीले जनाएको छ। उक्त र्‍याली एनआईयूको शोरुमबाट सुरु भई सभागृह हलमा गएर सम्पन्न भएको थियो।

niu pokhara 2

इलेक्ट्रो हबका प्रबन्धनिर्देशक सुयश मल्लले धेरैभन्दा धेरै व्यावसायिक कार्यक्रमहरु गर्दै जाने बताए। पोखरामा एनआईयूले बिक्री, बिक्रीपछिको सेवा, एसेसरीहरु र प्रविधिका दक्ष जनशक्तिसहितको स्पेयर सुविधा समेत प्रदान गर्दै आएको छ।

कार्यक्रममा पोखराको सौन्दर्यलाई यथावत् राख्न एनआईयू इलेक्ट्रिक स्कुटीले महत्वपूर्ण भूमिका खेलेको र्‍यालीमा सहभागीहरुले प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad