आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले पाेखराका आगलागी पीडित पसलकाे दाबी बीमारकम भुक्तानी गरेकाे छ।
गत भदौ २८ गते आगलागीमा परेका पोखराको नयाँ सडकका ३० वटा पसल र दुईवटा कार्यालयमा क्षति पुगेकोमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड ऋणी शुभ युनिक होम डेकोरेसनले आईएमईबाट ५ हजार ७ सय ७५ वटा बीमा प्रिमियम भुक्तानी गरी बीमा गरेकोमा सोको दाबी रकम हस्तान्तरण गरेको हाे।
कम्पनीले शनिबार अर्थमन्त्री डा. युवराज खतिवडा, पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुप अफ कम्पनिजका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीलगायत वरिष्ठ उद्योगपतिहरु, व्यापारीहरु, व्यवसयीहरु र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायतको उपस्थितिमा दाबी रकम ३१ लाख ५० हजार भुक्तानी गरिएको हो। दाबी रकम शुभयुनिक होम डेकोरेसनका प्रोपाइटर लीलाधर ढुंगानाले बुझेका थिए।
कम्पनीले उक्त घटनामा करोडौँको क्षति भएको भन्दै दुःख समेत व्यक्त गरेको छ। ३० पसल र २ वटा कार्यालयमा क्षति पुगे पनि एक जनाबाहेक अन्यले बीमा नगरेका कारण आफैँले क्षति व्यहोर्नुपरेको थियो। कार्यक्रममा आफ्नो सम्पत्तिको बीमा गर्न समेत आग्रहह गरिएको थियो। कम्पनी प्रमुख श्रेष्ठले आईएमई जनरल इन्स्योरेन्सले ग्राहकलाई सातवटै प्रदेशमा रहेका शाखाबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया