ड्रयाग इन्टरप्राइजेज प्रालिले नेपाली बजारमा नयाँ कम्फर्ट लुब्रिकेन्टको लन्चिङ तथा मेकानिक भेटघाट कार्यक्रमको आयोजना गरेको छ।
नेपालका लागि आधिकारिक बिक्रेता ड्रयाग इन्टरप्राइजेजका सञ्चालक सुनिल कुमार जैसवाल रहेका छन्। कार्यक्रमको अध्यक्षता दिनेश श्रेष्ठले गरेका थिए। उनी काठमाडौंको डिलर हुन्। त्यस्तै गोविन्द रौनियार पनि कम्फर्ट लुब्रिकेन्टको तर्फबाट उपस्थित थिए।

कार्यक्रममा अटो मेकानिक ट्रेड युनियनका जन्मदाता तथा प्रमुख सल्लाहकार माधवप्रसाद पाण्डेले कम्फर्ट लुब्रिकेन्टबारे स्पष्ट पारेका थिए। साथै यो लुब्रिकेन्ट अन्य लुब्रिकेन्टभन्दा राम्रो र विभिन्न ग्रेडमा उपलब्ध रहेको बताए। यसको उत्पादन भारतमा भएको कार्यक्रममा जानकारी दिइएको थियो।

लुब्रिकेन्टमा अटो मेकानिकहरु तथा बिक्रेतालाई विभिन्न आकर्षक स्किमहरु पनि ल्याइएको कम्पनीले जनाएको छ। कार्यक्रममा नेपाल अटो मेकानिक ट्रेड युनियनका केन्द्रीय कमिटीका सदस्यहरु कृष्णगोपाल महर्जन, शेखर शाही, नितिन गुप्ताको पनि उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया