राजनीति


राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

नेपालखबर
भदौ २९, २०७६ आइतबार १०:४७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बांके घटनाका वास्तविक अभियुक्तलाई कारबाही गर्नुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको छ।

राष्ट्रियसभाको आइतबारको बैठकमा कांग्रेसले बाँके घटनामा संलग्न भनी पीडितले किटानी जाहेरी गर्न जाँदा स्थानीय प्रशासनले अस्वीकार गरेको भन्दै तत्काल जाहेरी दर्ता गरी वास्तविक दोषीलाई कारबाहीको प्रतिवद्धता जनाउन सरकारसँग माग गरेको हो। बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि कांग्रेसका सांसदहरुले किटानी जाहेरीको निवेदन दर्ता गर्न माग गर्दे बैठक अवरोध गरेका हुन्।

राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द प्रसाद पाण्डेले योजनाबद्ध रुपमा बाँके घटना गराईएको तथा किटानी जाहेरी दर्ता गर्न पनि अस्वीकार गरिएको भन्दै तत्काल जाहेरी दर्ता गराउन माग गरे। उनले यस्ता घटना र घटनाप्रति सरकारले देखाएको कार्यशैली दोहोरिँदै जाँदा राजनीतिक दलहरु राज्य आंतकको शिकार बन्दै जानुपर्ने अवस्था श्रृजना हुने भन्दै वास्तविक दोषीलाई कारबाही को प्रतिवद्धता नआएसम्म सदन चल्न नसक्ने बताए।

कांग्रेस सांसदहरुको अवरोध जारी रहेपछि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

सोही विषयलाई लिएर कांग्रेसले प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad