अटो एभ प्रालिले यही २९ गतेदेखि ३१ गतेसम्म मनसुन क्याम्प आयोजना गर्ने भएको छ। क्याम्पमा विभिन्न अफरहरु राखिएको कम्पनीले जनाएको छ।
क्याम्पमा सहभागी हुने ग्राहकले एसडीटी स्क्यानमा ५० प्रतिशत छुट पाउनेछन्। त्यस्तै पार्ट र लुब्रिकेन्टमा १० प्रतिशत छुट र ह्विल अलाइनमेन्टको १ हजार रुपैयाँ मात्रै पर्ने कम्पनीले जनाएको छ। त्यस्तै ब्याट्री चेकअप २ सयमै गराउन सकिनेछ भने सामान्य जाँच ३ सय ५० मै गराउनसकिने बताइएको छ।
कम्पनीले सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर चाबहिलस्थित मित्रपार्कमा विगत १० वर्षदेखि कार्य गर्दै आएको छ। उक्त अटो एभ प्रालिका सञ्चालक मधुसूदन सिग्देल १० वर्ष पूरा हुनु एउटा गौरवको विषय भएको बताउँछन्। ग्राहको माया र कम्पनीको प्रयासले यस्तो सफलता प्राप्त भएको उनको भनाइ छ।

प्रतिक्रिया