अटो


राप्ती यातायातमा कुनै पनि गन्तव्यका टिकट अनलाइनबाटै

राप्ती यातायातमा कुनै पनि गन्तव्यका टिकट अनलाइनबाटै

नेपालखबर
भदौ २५, २०७६ बुधबार १५:९,

त्रिदेश्वरी राप्ती यातायात सेवा प्रालि पूर्ण रूपमा अटोमेसनमा गएको छ।  प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिनको लागि अटोमेसनमा गएको संस्थाका अध्यक्ष सुरेश हमालले बताए।

अटोमेसनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज्ड प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखीकरण लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेसनमा लगेको हो । अबदेखि यात्रुहरूले राप्ती यातायातका एसी, डिलक्स तथा मिनिबसको टिकट अनलाइनमार्फत काट्न सकिने कम्पनीले जनाएको छ ।

यात्रुहरूले राप्ती यातायातको राप्ती यातायात डटकम डट एनपी, बससेवा डटकम, बससेवाको मोबाइल एप्लीकेसन तथा इसेवा डटकम डट एनपीमार्फत अनलाइन टिकट काट्न सक्नेछन् । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेसन, आइएमई पे, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिने कम्पनीले जनाएको छ । २०३७ सालमा अनौपचारिक रुपमा राप्ती अञ्चल बस तथा मिनीबस समिति नामबाट सुरू भएको यातायात सेवा २०४१ सालबाट राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका रूपमा सञ्चालनमा थियो । हाल संस्था कम्पनीका रूपमा दर्ता भई त्रिदेश्वरी राप्ती यातायात सेवा प्रालिका रूपमा सेवा गर्दै आएको छ ।

कम्पनीले लामो तथा छोटो दूरीमा राप्ती अञ्चलभित्र दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा र राप्ती अञ्चलबाहिर काठमाडौं लगायत पोखरा, वीरगञ्ज, काँंकडभित्ता, विराटनगर, नारायणगढ, बुटवल, पाल्पा, कृष्णनगर, भैरहवा, नेपालगञ्ज, सुर्खेत, राजापुर, धनगढी, महेन्द्रनगरका विभिन्न स्थानहरुसम्म करिब सयवटा रुटहरुमा आफ्नो यातायात सेवा सञ्चालन गरिरहेको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad