काठमाडौंको स्वयम्भूमा होन्डा मोटरसाइकलको नयाँ शोरुम खुलेको छ। आइतबार स्वयम्भूमा कपुरी ब्रदर्स इन्टरप्राइजेजले नयाँ शाेरूमको उद्घाटन गरिएको हो।
होन्डा मोटरसाइकल प्रालि इन्डियाका अध्यक्ष मिनोरु कातोले शोरुमको उद्घाटन गरेको कम्पनीले जनाएको छ। विगत १० वर्षयता कम्पनीले नेपालमा कारोबार गर्दै आएको छ।
कपुरीका अध्यक्ष प्रकाश कपुरीले शोरुममा पाँच प्रकारका सेवा प्रदान गरिने बताए। शोरुम अत्याधुनिक सुविधासम्पन्न रहेको उनले बताए। शोरुमबाटै ग्राहकले स्पेयर पार्टपुर्जा पनि प्राप्त गर्ने उनको भनाइ छ। शोरुमबाट मोटरसाइकल साटफेरको काम समेत हुनेछ।



प्रतिक्रिया