एमभी दुगड ग्रुप नेपालले शुक्रबारबाट जी९० मोडलको ९१ एचपीको नयाँ मोटर ग्रेडर रिपर अट्याचमेन्ट र लोडर पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले आजैबाट बिक्रीवितरण हुने गरी नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो।
कम्पनीका अनुसार देशमा बनिरहेको सडकमा लगभग ८६ प्रतिशत सडक सिंगल तथा डबल लेनमा मात्रै रहेको अवस्थामा विकल्प नहुँदा १२ फिटका ब्लेड रहेका ग्रेडर चलाउनुपरेकोमा अब यसको बाध्यता हट्ने कम्पनीले विश्वास लिएको छ।
प्रारम्भिक लगानी नै धेरै खर्चिनुपर्ने र सञ्चालन खर्च पनि बढी खर्चिनुपर्ने बाध्यता जी९० मोटर ग्रेडरले अन्त्य गर्ने कम्पनीको दाबी छ। सरल र सस्तो रहेकाले तराई र पहाड दुवैतिर यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। मोटर ग्रेडरमा अत्याधुनिक प्रविधि र उच्च फिनिसिङ क्षमता रहेको, साना, मझौला र फराकिला बाटोमा समयसापेक्ष काम गर्न सकिने भएकोले यसको आवश्यकता बढ्ने कम्पनीको दाबी छ।
यी हुन् विशेषता
फरक लकसहितको फोरह्विल ड्राइभ, २२ सय आरपीएममा ९१एचपी पावर, २ सय बार प्रेसर, ५४ एलपीएमको हाइड्रोलिक, ४ डब्ल्यूडीको ट्रान्समिसन, ३ हजार माथिको मोल्डबोर्ड डिमेन्सन, बराबर आकारका ६ ह्विल्स, फाइभ टाइन रिपर, जीभीडब्ल्यु ८३५० केजीएस र ब्याकहो लोडरमा जत्तिकै मर्मतशुल्कहरु रहेका छन्।

प्रतिक्रिया