अटो


नाडा अटो प्रदर्शनीमा निसानको ‘फेस्टिभ ड्राइभ’ उपहार योजना

नाडा अटो प्रदर्शनीमा निसानको ‘फेस्टिभ ड्राइभ’ उपहार योजना

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १६:३३,

नाडा अटो शोमा निसान गाडीका लागि ‘फेस्टिभ ड्राइभ’ उपहार योजना समावेश गरेको छ । निसान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ गरेबापत ३१ हजार नौ सय ९९ रुपैयाँ बराबरको एमआई ८ लाइट मोबाइल निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

गाडीका खरिदकर्ताहरुबीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेसिया भ्रमण गर्ने अवसर पनि पाउनेछन् भने पाँच जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् । यसका साथै आकर्षक नगद छुट पाँच लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट तीन लाखसम्मको प्रावधान राखिएको छ । ९५ हजार नौ सय रुपैयाँसम्मको निःशुल्क एसेसरिज, एकवर्षसम्मका बीमा र सडक कर, तीन वर्षसम्मको सर्भिसिङ्ग, तीन वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ ।

नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने कम्पनीले जनाएको छ । नाडा अटो शोमा पायोनियर मोटोकर्प स्टल नं. आई २१ रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .