कार


जिपको एक करोड २४ लाख ९० हजार पर्ने एसयूभी कम्पास ट्रायल हक

जिपको एक करोड २४ लाख ९० हजार पर्ने एसयूभी कम्पास ट्रायल हक

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १६:३७,

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयुभी कम्पास ट्रायलहक सार्वजनिक गरेको छ। नयाँ कम्पास ट्रायलहकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ। जिपले कम्पास ट्रायलहकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ जुसले गर्दा यो एसयुभी कठोर भूबनोटमा पनि गुडन सक्ने क्षमता राख्छ। नेपालमा जिप कम्पास ट्रायलहकको मूल्य एक करोड २४ लाख ९० हजार तोकिएको छ।

‘ट्रायल–रेटेड’ उपमा पाउन जिपले ‘ट्रयाक्सन’, ‘वाटर फोर्डिङ’, ‘म्यानुराबिलिटी’, ‘आर्टिकुलेसन’ र ‘ग्राउन्ड क्लेरेन्स’ गरी पाँच वटा विभिन्न क्षमता परीक्षण उत्तिर्ण गर्नु पर्छ। जिपले ‘¥यांग्लर’ र ‘चेरोकी’ जस्ता केही निश्चित मोडेललाई मात्र ‘ट्रायल–रेटेड’ ब्याज दिने गरेको छ। अल ह्विल ड्राइभ (एडब्लुएच)प्रविधि रहेको ट्रायलहकमा जिप एक्टिभ ड्राइभ ४बाई४ लो, इन्जिन स्टप÷स्टार्ट, एड्भान्स्ड क्रुज कन्ट्रोल, बिल्ट–इन नेभिगेसन, हिल डिसेन्ट कन्ट्रोल, र पहिलोपटक ‘रक मोड’ टेरेनको सुविधासमेत रहेको छ। यसअघिका कम्पास भेरियन्टमा ‘स्नो’, ‘स्यान्ड’, ‘मड’ र ‘अटो’ मोड थिए।

ट्रायलहकको हुडमा ‘एन्टी–ग्लेर डिकेल’ रहेको छ जसले गर्दा सूर्यको प्रकाशले चालकको ‘भिजिबिलिटी’मा कुनै समस्या पैदा गदैन। यसको फ्रन्ट बम्पर रिडिजाइन गरी अफरोडका लागि ‘क्यापाबल’ बनाइएको छ। अगाडिको बम्परको एपोच एंगल २६.५ डिगी रहेको छ भने पछाडिको डिपार्चर एंगल ३१.६ डिगी रहेको छ। ट्रायलहकमा १७ इन्चको एलोइ ह्विल लगाइएको छ भने ग्राउन्ड क्लेरेन्स २०५ एमएम रहेको छ। फ्रन्ट बम्परको मुनि राखिएको ठूलो एअर ड्यामले गहिरो पानी भएको सतहमा गाडी चलाउँदा पनि ‘एअर इन्टेक’गर्न मद्दत गर्छ। जिपकम्पास ट्रायलहक ८४ सेन्टिमिटर सम्मगहिरो पानीमा पनि विना समस्या चलाउन सकिन्छ।

ट्रायलहकमा आकर्षक रातो स्टिच गरिएको कालो प्रिमियम लेदरको सिट राखिएका छन्। इन्टेरियरको अन्य विभिन्न स्थानमा ‘रेड टच’ दिइएको छ र यसमा ठूलो पानोरामिक सनरुफ लगाइएको छ। त्यसैगरी, इन्स्ट्रयुमेन्ट क्लस्टरमा७इन्चको स्क्रिन प्रयोग गरिएको छ जसले नेभिगेसन डिरेक्सन, इन्जिनको तापमान, इन्जिनओइल र ट्रान्समिसन ओइल, ट्यांकमायुरियाको मात्रा, माइलेज, रेडियो फ्रेक्वेन्सी, गियर सेलेक्ट लगायतको सूचना दिन्छ। स्टेरिङ ह्विलको दायापट्टि अबक्रुज कन्ट्रोल र बायाँतिर रेडियो, संगीत, जलवायु र नेभिगेसनका लागि ‘भ्वाइस एक्टिभेटेड कन्ट्रोल’ राखिएको छ।

ट्रायलहकमा पनि अन्य जिप कम्पासमाझैं ५० भन्दा बढी सुरक्षाफिचर छन्। यसमा पछाडिको सिटका यात्रुलाई टाउको चोटबाट बचाउने ‘साइड फुल कर्टेन एअरब्याग’सहित ६ वटा एअरब्यागको व्यवस्था गरिएको छ। यसमा प्रयोग गरिएको ‘रोल ओभर मिसिगेसन’कुशल सुरक्षा फिचर हो जसले चाहिनेभन्दा बढी गाडी ढल्किएको ‘सेन्स’ गर्छ र तुरुन्त साइड एअरब्यागलाई सक्रिय बनाउँछ र भित्र रहेका सबैजनालाई ‘रोल ओभर’ अवस्थामा चोटबाट बचाउँछ। ट्रायलहकमा स्पिड वार्निङ सिस्टम पनि छ जुन यो भारतको नयाँ सवारी सुरक्षा नियमअनुसार राखिएको हो।

त्यसैगरी, एमएडब्लु लाइफले नाडामै कम्पास स्पोर्ट प्लस पनि लन्च गरेको छ। जिप कम्पास स्पोर्ट प्लस बेस अप्सन स्पोर्टभन्दा माथिको भेरियन्ट हो जसमा प्रिमियम फिचरहरु अफर गरिएका छन्। १६ इन्चको एलोइ ह्विल, डुअल टोन क्लाइमेट कन्ट्रोल, रियर पार्किङ सेन्सर र ब्ल्याक रुफ रेल यी प्रिमियम फिचर हुन्। साथै, यसमा इलेक्ट्रिकल्ली एड्जस्टेबल आउटसाइड रियर–भ्यु मिरर, डे–टाइम रनिङ ल्याम्पस, अल–ब्ल्याक इन्टेरियर फेब्रिकअप होल्स्ट्रा र यु कनेक्ट ५.० टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छन्।

सुरक्षाको कुरा गर्ने हो भने यसमा डअल फ्रन्ट एअरब्याग, इलेक्ट्रिक पार्किङ ब्रेक, एन्टिलक ब्रेक सिस्टम, इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसन, प्यानिक ब्रेक असिस्ट, फोर डिस्क ब्रेक, आइसोफिक्स चाइल्ड सिट एंकर र एडाप्टिभ ब्रेक लाइट जस्ता सुविधा पनि छन्। साथै, हिल स्टार्ट असिस्ट, ईसीएस (इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल) र टीसीएस (ट्रयाक्सन कन्ट्रोल सिस्टम’ र डाइनामिक स्टिरिङ टर्क पनि छ। यसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .