अटो


यात्रीका दुई मोडल ‘पी जिरो’ र ‘पी वान’ सार्वजनिक, मूल्य कति?

यात्रीका दुई मोडल ‘पी जिरो’ र ‘पी वान’ सार्वजनिक, मूल्य कति?

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १४:५६,

नेपाली युवाले बनाएको यात्री मोटरसाइकलले २ वटा मोडल सार्वजनिक गरेको छ। कम्पनीले पी जिरो र पी वान मोडलका विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको हो।

कम्पनीले पी जिरो मोडललाई प्रिमियम बाइकको रुपमा सार्वजनिक गरेको छ। पी जिरो मोडलको ६४ हर्ष पावर भएको मोटरसाइकलले ६५० एनएम टर्क जेनेरेट गर्छ।

२०७६ मै टिजर सार्जनिक गरेको पी–जिरो मोडलमा ३० किलोवाटको मोटर रहेको छ। यात्री मोटरसाइकल एकपटक चार्ज गरेपछि २३० किमि गुड्न सक्ने कम्पनीले जनाएको छ।

पी जिरो मोडलको मूल्य १९ लाख ४९ हजार रुपैयाँ रहेको छ।

यो पनि : ‘यात्री’को भविष्य : नेपाली ब्रान्ड बनेर विश्वसँग प्रतिस्पर्धा !

yatri-p-0.png

यात्रीले पी वानको मूल्य भने पी जिरोको तुलनामा धेरै कम राखेको छ। कम्पनीले पी वानलाई धेरै मानिससमक्ष पु¥याउने लक्ष्यका साथ काम गरिरहेको बताएको छ।

कम्पनीका संस्थापक असिम पाण्डे यात्री मोटरसाइकल इन हाउस डिजाइन भएको बताउँछन्।

पाण्डेका अनुसार १९ हर्ष पावर पी वान एक पटकको चार्जमा ११० किमी कुद्न सक्छ। पी वान सामान्य चार्जिङबाट ३ घण्टामा फुल चार्ज हुन्छ भने स्पिड चार्जरबाट १ घण्टामै फुल चार्ज हुन्छ।

yatri-p1-1.png

पी वानको मूल्य ४ लाख ९५ हजार शुरुवाती मुल्य रहेको छ।

यात्री मोटरसाइकलले लिथियम आयनको ब्याट्री प्रयोग गरेको छ। लिथियम आयनमा पनि फरक–फरक रसायन प्रयोग गरिएको हुन्छ। पावर ट्रेनमा कुनै कम्प्रमाइज नहोस् भनेर उच्चस्तरको रसायन प्रयोग गरेको कम्पनीले जनाएको छ।

‘सबै हाम्रो आफ्नो कलमबाट डिजाइन भएको हो। लाइट, सफ्टवेयर सबै आफ्नै डिजाइन हो’, पाण्डे भन्छन्, ‘यो फुल नेपाली डिजाइनमा नेपालमै बनेको विद्युतीय बाइक हो।’

yatri-p1.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad